
धादिङ माघ १६ । धादिङको बुद्धि विकास आविमा अध्ययनरत बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि तथा खेलकुदका सामाग्री वितरण गरिएको छ । शुक्रबार धादिङपोष्टको आयोजना बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीमा रहेको बुद्धि विकास आविमा अध्ययनरत ५२ जना टुहुरा बालबालिकाहरुलाई ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण तथास्वास्थ्य शिविर सम्पन्न भएको हो । देश तथा बिदेशमा रहनुभएका १७ जना समाजसेवीहरुले रकम संकलन गरी कुल ८६ हजार रुपैयाँ बराबरको ट्रयाक सुट, स्टेशनरी र खेलकुद सामाग्री वितरण गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिले गुणस्तरीय शिक्षाको बिकासको लागि गाउँपालिकाले विशेष सहयोग गर्ने बताउनु भएको छ । धादिङपोष्टले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै डल्लाकोटिले भोलिका दिनमा सहयोग आदान प्रदान गरिने बताउनुभयो ।
धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटिको प्रमुख आतिथ्य रहेको थियो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ७ का वडाध्यक्ष हिरालाल थपलियाको बिशेष आतिथ्य रहेको कार्यक्रममा बिधालयका प्रअ कृष्णराज सिलवाल, समाजसेवि दिपेश कँडेल लगाएतको आतिथ्य रहेको थियो ।
यसैगरी बिर अस्पतालमा कार्यरत न्युरोसर्जन डा.निलम कुमार खड्का र जनरल फिजिसियन तथा धादिङ स्वास्थ्य समाजका महासचिव डा.राम थापा क्षेत्रीले बिधार्थीहरुको स्वास्थ परिक्षण गरी आवश्यक औषधी र स्वास्थ्य सामग्री बितरण गरिएको थियो । ट्रयाकसुट, स्टेशनरि र खेलकुदका सामाग्री वितरण एवम् स्वास्थ्य शिविर सम्पन्न गर्न सहयाेग गर्नुहुने व्यक्तिहरु : १. राजन खकुराल लण्डन, Rs.5000 (प्राप्त हुन बाँकी)
२. चराैदी स्थित राइजिङ स्टार बाेर्डिङ , Rs.5000
३. Milan Silwal, Rs.5000
४. Maniraj gurunng, Rs.2000
५. Uttam Bhatta, Rs.5000
६. Badri P. Khatiwada, Rs.5000
- Yadu Gautam
नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष २ हजार - लाेक दाहाल, बेल्जियम Rs.10,000
- CB Lama लण्डनबाट Rs.2500
10.Yamuna Gurung,
मनोसामाजिक मनोबिमर्शकर्ता Rs.5005
11.Girija Adhikari,
पत्रकार महासंघ बागमती प्रदेश सल्लहकार Rs.3000 - दिनेश श्रेष्ठ,
श्रेष्ठ स्टिल एनड आल्मोनियम सप्लार्स Rs.5005 - binod dhakal,
Shree Ratna Engineering Consultancy Rs.5005 - उज्वल श्रेष्ठ Rs.5000
- Kumar Basnet Benighat Rs.2000
- दिनेश लाेहनी जापान Rs.3000
- Hari Dallakoti, Rs.15,000
- सुशिला रिजालबाट हाेलिस्टिक हेल्थकाे रू.5200 बराबरकाे हाेलिष्टक टुथ्पेष्ट सहयाेग
स्वास्थ्य शिविरका लागि सहयोग
धादिङ स्वास्थ्य समाज र डा. रामथापा क्षेत्री र डा. निलम कुमार खड्का

