बुझ प्रेमिकाबाट श्रीमती बनाउने रहर छ

Avatar photo
Dhadingpost
माघ ११, २०७७

मुक्तक: १

रोग लागिहालेमा निको पार्ने औषधि बनाउने रहर छ
सुन्दर भबिस्यको लागि उज्यालो बत्ती बनाउने रहर छ
तिमिले मनोभाब , बुझ्छौ बुझ्दैनौ अरु त के भनौ र ?
बाकी आफै बुझ प्रेमिकाबाट श्रीमती बनाउने रहर छ

मुक्तक: २

प्रीया तिम्रो तिनै अङ्गालोमा पर्छु भनी भने
विस्वास गर्छौ र चोखो प्यार गर्छु भनी भने
भन तिमिले कस्तो निर्णय लिन्छौ जब ?
यदि तिमिलाई पाइने भने त मर्छु भनी भने

मुक्तक: ३

चाहेर पनि अब उसलाई आफ्नो बनाउन नसकिने रहेछ
जस्तो कि बतासहरुलाई हातले समाउन नसकिने रहेछ
तिमी त उसको मान्छे हौ , बिन्ती म देखि टाढौ बस !
अब तिमिलाई मेरो यो दिलभित्र सजाउन नसकिने रहेछ

मुक्तक: ४

कहिले नजिक , कहिले टाढा सरिरहन्छ
टाढा हुँदा नि ख्याल गरे जस्तो गरिरहन्छ
जो दिल भित्र छ , जसले धेरै माया गर्छ
त्यसैले उ सँग बेलाबेला झगडा परिरहन्छ

मुक्तक: ५

अब तिमिले मेरो बारेमा नराम्रो भ्रमहरु छर्न जरुरत छैन
म तिम्रो नजिक अनि तिमी मेरो नजिक सर्न जरुरत छैन
जो अगाडि बाट कठै भनेर पछाडिबाट छुरा रोप्न खोज्छ
त्यस्ता मान्छेहरुले पटक – पटक फोन गर्न जरुरत छैन

मुक्तक: ६

वचन तीखो हुने गर्छ व्यबहार कडा किन हुन्छ
र सम्बन्धमा समस्याहरु सधै खडा किन हुन्छ
एकदिन राम्रोसँग कुरा भयो, मीठो बोलियो भने
अर्को दिन देखि दिन रात नै झगडा किन हुन्छ

मुक्तक: ७

उसलाई हदैसम्मको बिस्वास गरेर कति बसु
पहिले पठाएकी चिठी पत्र पढेर कति बसु
नाताले नजिक मनको दुरि टाढा बनाए पछि
दिनै पिच्छे हुन्छ मनमुटाव सहेर कति बसु

हरिशरण अर्याल
सिद्धलेक गा.पा २
धादिङ