
धादिङ माघ ११ । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ३ लाख ठगी गरेको आरोपमा आयोजक मध्यका दुईजना पक्राउ परेका छन् ।
धुनबेसी न पा ७ खानिखोलामा संचालित मिस धादिङको प्रतियोगितामा ३ लाख दिए जिताइने भन्दै ठगि गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाले बताउनु भयो ।
पक्राउ पर्नेमा आयोजक संस्थाका इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् ।
उनीहरुलाई शनिबार राती नगद रु ३ लाख रुपैयाँको चेक लिंदै गर्दा धादिङको धार्केबाट स्थानीयहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
