ग्रामिण यातायात सहकारीको निर्वाचन पछि यस्तो बन्यो, नयाँ कार्यसमिति

Avatar photo
Dhadingpost
माघ १०, २०७७

धादिङ माघ १० । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड धादिङको पौष २५ गते सुरुभएको १२ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेस आज नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।
महासचिव र कोषाध्यक्षको पदमा सहमति जुट्न नसक्दा आज भएको निर्वाचनमा महासचिव र कोषाध्यक्ष बाहेकका सबै निर्विरोध भएका थिए ।

जसमा अध्यक्षमा राम घले, उपाध्यक्षमा इश्वर धरेल, सचिवमा सम्झना लामीछाने र सदस्यहरुमा भेषराज रिजाल, कृष्णराम पाठक, अमृतजंग भण्डारी, वीरेन्द्र कोईराला, बिनोद बाबु रिमाल निर्विरोध निवार्चित भएका हुन् ।

महासचिव पद १५५ मत ल्याउँदै बद्री सुवेदी निर्वाचित हुनुभएको छ भने उहाँको प्रतिद्वन्दी मंगबहादुर तामाङले २५ मत प्राप्त गर्नुभएको थियो । यस्तै कोषाध्यक्ष पदमा प्रमोद पोखरेलले १५९ मत ल्याई निर्वाचित हुनुभएको छ, भने उहाँको प्रतिद्वन्दी राजेश अधिकारीले १८ मत ल्याउनु भएको थियो ।

कुल मतदाता संख्या ५४३ रहेको यस सहकारीको निर्वाचनमा जम्मा १८४ जनाले मात्रै मतदान गरेका थिए ।

यस अघि

ग्रामिण यातायात सहकारीको महासचिव र कोषाध्यक्ष पदमा मतदान