
धादिङ माघ ९ । मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताललाई सञ्चालन गरिरहेको नेपाल स्वास्थ्य सेवा सहकारीको आगामी अध्यक्षको लागि धादिङका प्रदेश सांसद राजेन्द्र पाण्डे र गणेश सिंखडा बीच प्रतिस्पर्धा हुने भएको छ ।
यसअघि सहकारीको नेतृत्व अध्यक्ष पाण्डेले गर्नुभयो । अब म गर्छु, माघ १७ मा हुन गईरहेको सञ्चालक समितिको निर्वाचनमा सदस्यहरुले आफुलाई जिताउने सिंखडाले धादिङपोष्टलाई बताउनु भयो ।
नेपाल पर्यटन बोर्डमा समेत रहेर काम गर्नुभएका सिंखडाले मनमोहन मेडिकल कलेज सम्बन्धन नपाएर अलपत्र जस्तै भएको र सुधा।र गर्नु पर्ने धेरै काम रहेकोले सहकारीको नेतृत्व आफुले गर्न लागेको पनि उहाँले बताउनु भयो ।

