गजल

Avatar photo
Dhadingpost
माघ ८, २०७७

जब तिम्रो छाती कसैको सिरानी भयो
तेसै दिन बाट मेरो मुटु बिरामी भयो ।

याहा मुटु नै रहेछ नरेटियरै हलाल हुने
मुटु सिकार भयो माया भिखारी भयो ।

सम्झदा सम्झदा यति बिवस भएछु म
आफै सुत्ने खाट अन्तिम समाधी भयो ।

मनको मान्छे अर्कैको मन्दिर चढेपछी
मन भट्टि पस्यो तिम्रो साथी सराबी भयो ।

गगन सिं बस्नेत ( साने काजी )