
धादिङ माघ ७ । धादिङ जिल्लामा हाल सम्म ६ हजार ३६५ जनाको कोरोना भाईरस संक्रमण भए नभए परिक्षण गराउँदा १ हजार ५३२ जनामा कोरोना पोजेटिभ देखिएको छ जस मध्य पछिल्लो २४ घण्टामा गल्छी गाउँपालिकामा १ जनालाई पोजेतिभ देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार धादिङ कुल संक्रमित मध्य १७ जनाको मृत्यु भैसकेको छ । संक्रमित मध्य ५ जना अझै आईसोलेशनमा रहेका छन् ।
धादिङमा हाल सम्म सबै भन्दा धेरै संक्रमितहरु २७६ जना नीलकण्ठ नगरपालिकामा देखिए भने संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि नीलकण्ठ मै सबै भन्दा धेरै ७ जना रहेका छन् ।
यस्तै दोस्रो नम्बरमा गल्छी गाउँपालिका रहेको छ यस गाउँपालिकामा १७१ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने कोरोनाको कारण गजुरी त्रीपुरासुन्दरी, गंगाजमुना गाउँपालिकामा २-२ जना र बेनीघाट रोराङ, नेत्रावती डब्जोङ, थाक्रे र सिद्धलेक गाउँपालिकामा १-१ जनाको मृत्यु भएको छ ।

