
धादिङ माघ ६ । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले सर्वोच्च अदालतमा दायर गर्नुभएकाे रिटको सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले सरकारकाे नाममा अन्तरिम आदेश जारी गर्दै शिक्षण स्वयम्सेवक नियुक्त गर्ने योजना अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न भनेकाे छ । ढुङ्गानाकाे रिटमा सुनुवाइ गर्दै अदालतले सामुदायिक विद्यालयमा शिक्षण स्वयम्सेवक नियुक्त गर्ने सरकारको योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । अदालतकाे अन्तरिम अादेश पछि नगर प्रमुख ढुङ्गानाले धादिङपाेष्टलाई भन्नू भयाे, ‘संविधानत दिएको एकल सुचीका अधिकारहरू माथि संघिय सरकारको गिद्वे नजरको विरूद्वमा हो ।’ ‘यसले संविधानको रक्षा गर्नुका साथै अयोग्य कार्यकर्तालाई जागिर खुहाउने कम्युनिस्ट सरकारको षड्यन्त्र पनि असफल भएको छ , यो देशभरका सबै स्थानिय तहको विजय हो ।’
