
धादिङ माघ ३ । धादिङको रुबीभ्याली गाउँपालिका -३, सेर्तुङमा जारी अन्तर पालिका स्तरीय खुल्ला पु्रुष भलिबल प्रतियोगिताको फाईलन खेल भोली (माघ ४ गते) हुने भएको छ ।
सेर्तुङबाट लिलाबहादुर तामाङले दिनु भएको जानकारी अनुसार, यस प्रतियोगितामा विभिन्न पालिकाबाट १८ वटा टिमहरुले भाग लिएका थिए । जसमा आज भएको एउटा सेमिफाईनल खेलबाट रुबीभ्याली फाईनल प्रबेस गरेको छ भने अर्को सेमी फाईलन खेल भोली अहिंसावादी युवा समाज खनीयाबास र अल स्टार युवा क्लव गंगाजमुना बीच हुने छ ।
सेमी फाईलन पार गरेका दुबै टिम बीचको फाईनल खेल पनि भोली नै गर्ने आयोजकले जनाएको छ ।
थोकर सामाज एशोसिएसनले आयोजना गरेको यस प्रतियोगितामा प्रथम हुने ५७ हजार, दितिय ३६ हजार र तृतियले २६ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छन् ।

