गौंथलेमा खिनबहादुर स्मृति कप भलिबल जारी

Avatar photo
Dhadingpost
पुस २९, २०७७

धादिङ पुस २९ । धादिङको सिद्धलेक गाउँपालिका ४ स्थित सलाङ गौंथलेमा देखि वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरुभएको छ ।

उद्घाटनको दिन मंगलबार ३ वटा खेल भएको सन्दिप थापामगरले बताउनु भएको छ । मंगलबार भएको ३ खेलमा देउराली युवा क्लब र प्रभात स्पोर्ट्स क्लब बिच भएको खेलमा प्रभात स्पोर्ट्स क्लब A विजयी ।

त्यस्तै दोस्रो खेल मालिका युवा क्लब B र वातावरण क्लब बिच भएको खेलमा वातावरण युवा क्लब विजयी बने भने मंगलबारको अन्तिम खेल थापा युथ क्लब A र प्रभात स्पोर्ट्स क्लब B बिचको खेल , थापा युथ क्लब विजयी भएको थियो ।

खिनबहादुर थापालाई तात्कालिन जनयुद्धको क्रममा २०६० मंसिर २६ गते तात्कालिन विद्रोही पक्ष नेकपा (माओवादी) कार्यकर्ताहरु हत्या गरेका थिए ।

यो पनि पढौं
स्व. खिन बहादुर थापा बारे

सामाजिक अभियान्ता एवम् तात्कालिन अवस्थामा एमालेका जुझारु शालिन नेता स्व. खिनबहादुर थापाको स्मरण गर्दै सलाङमा प्रथम स्मृतिकपको आयोजना गरिएको थियो ।

यस अघिका समाचारहरु