सिद्धेश्वरको एसएलसी ब्याच ०५६ द्वारा ट्रयाक सुट र खेलकुद सामग्री वितरण

Avatar photo
Dhadingpost
पुस २८, २०७७

धादिङ पुस २८ । धादिङको सिद्धलेक गाउँपालिका स्थित नलाङमा रहेको श्री सिद्धेश्वर माविबाट २०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले सिद्धेश्वरमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययरत १०० जना विद्यार्थीलाई ट्रयाक सुट र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरि खेलकुद सामाग्री (भलिबल, नेट, र पम्प) प्रदान गरेका छन् ।

उक्त ब्याचको सेकेण्ड छात्रा नानुका भट्टको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल सरकारका सह सचिव तथा बागमती प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव एवम् स्थानीय नारायण प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टले सिद्धेश्वमा अध्ययनरत पूर्व विद्यार्थीहरुले सामुहिक रुपमा सहयोग प्रदान गर्नु अत्यन्त सुन्दर पक्ष रहेको बताउँदै आफू सिद्धेश्वको पूर्व विद्यार्थी समाजको अध्यक्ष भएको नाताले यस कार्यक्रम देख्दा पूर्व विद्यार्थी समाजको अध्यक्ष भएर केहि गर्न नसकिएको प्रति आफूलाई लज्जाबोध भएको बताउनु भएको थियो ।

विभिन्न जिल्लाहरुको प्रमुख जिल्ला अधिकारी हुँदै प्रदेश प्रदेश प्रमुख कार्यालयका सचिव हुनुभएका भट्टले ०५६ सालका पूर्व विद्यार्थीहरुले विद्यालयलाई सहयोगको थालनी गर्नुभएको छ पहिलो पटक थालनी गर्न महत्वपूर्ण हो अब सबै ब्याचका पूर्व विद्यार्थीरुले यस कार्यक्रमबाट सिक्नु पर्ने बताउनु भएको थियो ।

विद्यालयका प्राध्यानाध्यापक हरि सिलवालले शुभकामना व्यक्त गर्दै विद्यालय हातामा भुतपुर्व पार्क बनाउन सकिएय विद्यालयको सुन्दरता पनि हुने र भुतपूर्व विदार्थीहरुको स्मरण हुने बताउनु भएको थियो ।

कार्यक्रममा तात्कालिन बेला ०५६ का विद्यालय संचालन समितिका अध्यक्ष कृष्ण अर्याल, हालका अध्यक्ष एवम् वडा अध्यक्ष कमल गुरुङ, विद्यालयका २४ जना शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

पूर्व विद्यार्थी ०५६को एसएलसी ब्याचले प्रमुख अतिथिलाई शैक्षिक उन्नयनको लागि योगदान गरेकोमा सम्मान पत्र, विद्यालयलाई हरेक क्षेत्रमा आफ्ना विद्यार्थीको प्रतिनीधिहरु हुने गरि विद्यार्थी उत्पादन गरेको भन्दै कदर पत्र र अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

ट्रयाक सुट र खेलकुद सामाग्री वितरणका लागि आर्थिक सहयोग गर्ने सिद्धेश्वर ०५६ SLC ब्याचका पूर्व विद्यार्थीहरु
१. राजन त्रिपाठी रु.१५ हजार
२. सोम थापा रु.१० हजार
३. अशोक नेपाल रु.१० हजार ४१९
४. दिपक श्रेष्ठ रु.१० हजार
५. सुन्दर आले रु.६ हजार
७. नानुका भट्ट रु.५ हजार
८. अस्मिता सिलवाल पोडेल रु.५ हजार
९. राजेन्द्र त्रिपाठी रु.५ हजार
१०. इश्वर सिलवाल रु.५ हजार
११. नारायण सिलवाल रु.५ हजार
१२. केदार अर्याल रु.४ हजार ९००
१३. डिलबहादुर पाटा मगर रु.४ हजार ४५०
१४. सुसिला पोखरेल रु.४ हजार
१५. लक्ष्मण दुवाडी रु.४ हजार
१६. गिता अर्याल रु.४ हजार
१७. सावित्रा सिलवाल रु.३ हजार ५
१८. अप्सरा अर्याल रु.३ हजार
१९. सविता तिवारी त्रिपाठी रु.३ हजार
२०. राममायाँ लोहनी रु.३ हजार
२१. बविता कडेल रु.२ हजार
२२. सिता दुवाडी लम्साल रु.२ हजार
२३. मेनुका सिलवला रु.१ हजार
२४. पार्वती भट्ट रु.५ हजार
२५. मालती सिलवाल रु.५ हजार
२६ निरकमल थापा रु.२ हजार