
मिलेर यीनीहरुलाई सहयोग गरौं
धादिङ पुस २४ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदी पृथ्वी राजमार्गको छेउमा रहेको बुद्धि विकास आधारभुत विद्यालयका कलिला नानीबाबुहरु यो कठ्याङग्रीदो जाडोमा पनि टालेको र च्यातिएको लुगा लगाएर स्कुल जान वाध्य छन् ।
नजिकै निजी विद्यालय भएकोले आर्थिक पहुँच भएका स्थानीयहरुको बाल बच्चाहरु त्यतै पढ्न जान्छन् भने गरिवीले आक्रान्त बनेका परिवारका नानीबाबुहरु र कोहीको आमा बुबा नभएका कोहीको आमा वा बुबा नभएका टुहुरो बालबालिकाहरु मात्रै यस विद्यालयमा आएर पढ्ने गरेका छन् ।
विद्यालयका प्राध्यानाध्यापक कृष्णराज सिलवालका अनुसार यस विद्यालयमा ७० प्रतिशद अति गरिविमा रहेका चेपाङ र दलित बालबालिका छन् । गरिवीका कारण एक सर लुगा पनि गतिलो लगाएर आउन सकेका छैनन् यीनीहरुलाई कक्षा कोठामा राखेर पढाउँदा कति पय नानीबाबुले पेन्सिल पनि समाउन नसक्ने अवस्थामा पुग्छन् बाहिर चौरको घाममा राखेर पढाउँछौं ।
कक्षा ३ को प्रथम छात्रा मनिसा नवलपरासिकी हुन् आमा दोस्रो विहे गरेर गईन, बुबाको भारतमा रोजगारीको सिलसिलामा उतै मृत्यू भयो अहिले चरौदी दिदीको घरमा बस्छिन् । यस्तै अर्का समिर परियारको घर रुकुम हो उनको बुबा आमा ज्यामीकाम गर्दछन् ।

छात्र राजिव परियारको कथा पनि त्यस्तै छ, आमाले दास्रो विवाह गरेपछि मामाघरमा बसेर यहि विद्यालय आउँछन् । आमा बुबा नभएकी कुम्परका सुजल परियार पनि चरौंदी मामाघरमा बसेर यहि पढ्छन् । यी त उहाहरण हुन्, यस विद्यालयमा पढ्ने सबै विद्यार्थीहरुको जिवनी यस्तै यस्तै छ ।
यस विद्यालयमा ३ जना आधारभुत स्थायी, १ जना बालकक्ष, २ जना नीजि स्रोत र १ जना कार्यलय सहयोगी गरी ७ जना कार्यरत छन् । विद्यार्थीको संख्या बढाउन र पढाईलाई अंग्रेजी मैत्री बनाउन भन्दै ३ जना स्थायी शिक्षकहरुले मासिक ३३ सय उठाएर १० हजारमा १ जना र वडा अध्यक्षले १ जना गरि दुई जना अंग्रेजी शिक्षक राख्ने निर्णय समेत गरे तर स्थानीयले आफ्ना बालबालिका भर्ना गरेनन् ।
उहि विगत कै जस्तै विपन्नका बालबालिका मात्रै भर्ना भए अहिले ४९ जना विद्यार्थीहरु नियमित स्कुल आउने गरेका छन् ।
गरीव र टुहरा बालिबालीका मात्रै पढ्ने ठाउँ बनेको यस बुद्धि विकास आधारभुत विद्यालय चरौंदीमा अध्ययनत बालबालिकाहरुको शरीरले अहिले न्यानो कपडा खोजी रहेको छ ।
त्यसो त यस विद्यालयमा पढ्ने विद्यार्थीहरुको दर्दनाक अवस्था देखेर बेनीघाटबजारमा रहेर सामाजिक अभियान्ताको भुमिका निर्वाह गरि रहेका दिपेश कडेल सहितको केहि अभियान्तहरुले केहि महिना पहिला प्रति विद्यार्थी ५ वटा कपी, २ वटा पेन्सील र २ वटा इलेजर प्रदान गरे ।
हामीले त मासिक आफ्नो तलवबाट ३३ सय कटाएर नयाँ शिक्षक राख्ने निर्णय गरेका छौं । सामाजिक क्षेत्रमा लागेका क्रियाशिल सयौं संघ संस्था वा व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुको ध्यान यस विद्यालयका विद्यार्थीहरु तर्फ जान सके यी कलिला नानीबाबुहरुको शरीरले एकसरो न्यानो कपडा र स्टेशनरी सामान पाउन सक्थे । प्रअ सिलवाल बताउनु हुन्छ ।
आउनुहोस् तपाई हामी मिलौं, यो जाडोमा त्यस विद्यालयमा पढ्ने ति ५० जना गरिव टुहुरा नानी बाबुको लागि तत्काल ट्रयाक सुट, जुत्ता र स्टेशनरी प्रदान गरौं भन्ने अभियान धादिङपोष्ट डटकम (९८५११९११८१) परिवारले चलाएको छ । हरेक सहयोगीको नाम र रकम धादिङपोष्टबाट प्रकाशित गरिने छ ।
https://www.facebook.com/dhading.post.79
email- globaldhading@gmail.com
Page- https://www.facebook.com/DhadingPost
