सिद्धलेकका प्रमुख, उप-प्रमुख सहित १ जना बाहेक सबै वडा अध्यक्षहरु ओली पक्षमा

Avatar photo
Dhadingpost
पुस २३, २०७७

धादिङ पुस २३ । धादिङको सिद्धलेक गाउँपालिकामा प्रमुख उप-प्रमुख सहित १ जना बाहेक सबै जना वडा अध्यक्षहरु प्रधानमन्त्री ओली समुहमा लागेका छन् ।

बुधबार ओली पक्षले आयोजना गरेको सिद्धलेक १ र २ वडाको बैठकमा प्रमुख प्रेमनाथ सिलवाल, उप-प्रमुख कमला शर्मा, सहित १, २, ३ र ४ का वडा अध्यक्षहरु मात्रै उपस्थिति भए पनि १ जना बाहेक सबै वडा अध्यक्षहरु खुलेर ओली पक्षमा लागि सकेको कार्यक्रममा सहभागि एक नेताले बताए ।

यी हुन सिद्धलेक गाउँपालिकाका जन प्रतिनीधिहरु जो खुले रै ओली पक्षमा लागे

  • प्रमुख: प्रेमनाथ सिलवाल
  • उप प्रमुख: कमला शर्मा
  • वडा नम्बर १ अध्यक्ष: चन्द्र प्रसाद सिलवाल
  • वडा नम्बर २ अध्यक्ष: कमल बहादुर गुरुङ
  • वडा नम्बर ३ अध्यक्ष: देव बहादुर पुलामी
  • वडा नम्बर ४ अध्यक्ष: रामहरी बराकोटी
  • वडा नम्बर ६ अध्यक्ष: टिका प्रसाद थपलिया
  • वडा नम्बर ७ अध्यक्ष: लक्ष्मण खतिवडा

जन प्रतिनिधि नै उपस्थित भएर सिद्धलेकमा ओलि पक्ष नेकपाले प्रशिक्षण एवम् भेलाको सुरु गरी सकेको छ । बुधबार भएको १ र २ वडा स्तरीय भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् ओली पक्ष धादिङका अध्यक्ष भुमि त्रिपाठीले प्रधान मन्त्री केपी शर्मा ओलीले नेकपाको नेतृत्व गर्नुभएकोले मुलधार परिवर्तन नगर्न कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको थियो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विघटित संघीय सांसद समेत रहनु भएका नेता त्रिपाठीले प्रधानमन्त्री ओलीलाई कार्वाहीको नाटक गर्नेहरु नेकपा विघटन गराउन गाउँ छिरेका छन् तपाईहरु मुल धार नछोड्नोस् भन्दै फुट र गुटमा रमाउनेहरु सिद्धिने दावी गनु भएको थियो ।

नलाङको तार नलाङमा सम्पन्न उक्त भेलाले सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा सरोज तिमल्सेनाको अध्यक्ष्तामा पुरानो २९ जनाको कमिटिलाई यथावत राखि ६ जना सदस्य थपेर ३५ जनाको कमिटि विस्तार गरेको छ । जसको सचिवमा लिला बहादुर रानालाई चयन गरेको छ ।

यस्तै वडा नम्बर २ मा दिपक गुरुङको अध्यक्षतामा पुरानो २९ जनाको कमिटिलाई यथावत राखि ६ जना सदस्य थपेर ३५ जनाको कमिटि विस्तार गरेको छ । जसको सचिवमा बिष्णु प्रसाद सिलवाललाई चयन गरेको छ ।

यस अघिको समाचारमा वडा नम्बर ५ का अध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित हुनुहुन्छ । उहाँ बाहेक सबै वडा अध्यक्ष ओली पक्षमा हुनु पर्नेमा अन्यथा भएको ले सच्याएको छ ।