
धादिङ पुस २२ । धादिङको बेनीघाट राेराङ गाउँपालिका बडा नम्बर १० मा आन्द्रा शरीर बाहिर रहेकाे नवजात शिसुकाे जन्म भएकाे छ । नर्मल रुपमा जन्मिएका उक्त शिशुकाे शल्यक्रियाका लागि लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहाेर्ने गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकाेटीले बताउनु भएकाे छ । शिशुकाे अन्य शारिरिक अवस्था नर्मल रहेकाे र कान्ति बाल अस्पताल पठाईएकाे गाउँपालिकाकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।

