धादिङमा प्रचण्ड-नेपाल समुहको युवा र विद्यार्थीको भेला सम्पन्न

Avatar photo
Dhadingpost
पुस २२, २०७७

सन्दिप स्याम्चेन
धादिङ पुस २२ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुह निकट राष्ट्रिय युवा संघ धादिङ र अनेरास्ववियु धादिङको भेला धादिङबेसीमा सम्पन्न भएको छ ।

युवा विद्यार्थीको उक्त भेलालाई सम्बोधन गर्दै नेकपा धादिङका अध्यक्ष शालिकराम जम्कट्टेलले केपी ओलीले पार्टी फुटाएर गणतन्त्र विरुद्धको मोर्चा समालेको आरोप लगाउनु भएको थियो ।

गणतन्त्र विरोधी संविधान विरोधी ओलीको विरुद्ध हुने हरेक आन्दोलनको नेतृत्व युवा र विद्यार्थीहरुले गर्न नेता जम्कट्टेलले निर्देशन दिनुभएको थियो ।

उक्त भेलाले आन्दोलनलाई प्रभावकारी बनाउन क्षेत्रगत रुपमा संयोजक र सहसंयोजक समेत तोकेको छ जसमा सङघिया निर्वाचन क्षेत्र न.१ मा संयोजक प्रबिन केसी र सह संयोजन प्रबिन तामाङ रहेका छन् । यस्तै क्षेत्र न. २ मा राजन अधिकारी संयोजक र सह संयोजक, प्रचित अधिकारी छन्