सलाङमा खिनबहादुर थापा स्मृति कप भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
पुस १९, २०७७

धादिङ पुस १७ । धादिङको सिद्धले गाउँपालिका अन्तरगत सलाङमा खिनबहादुर थापा स्मृति कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

खिनबहादुर थापालाई तात्कालिन जनयुद्धको क्रममा २०६० मंसिर २६ गते तात्कालिन विद्रोही पक्ष नेकपा (माओवादी) कार्यकर्ताहरु हत्या गरेका थिए ।

यो पनि पढौं
स्व. खिन बहादुर थापा बारे

सामाजिक अभियान्ता एवम् तात्कालिन अवस्थामा एमालेका जुझारु शालिन नेता स्व. खिनबहादुर थापाको स्मरण गर्दै सलाङमा प्रथम पुरस्कार २५ हजार रहेको पुरुष भलिबल प्रतियोगिता पुस २८ गते देखि हुन लागेको हो ।