
धादिङ मंसिर २५ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पछिल्लो २४ घण्टा सम्म आईपुग्दा १३ सय ५१ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए अनुसार अहिले सम्मका १४ सय ७६ जना संक्रमित मध्य १३ सय ५१ जना कोरोना भाईरस संक्रमण मुक्त भएका हुन् जसमा ५० जना आज मात्रै कोरोना मुक्त भएका हुन् ।
दैनिक रुपमा संक्रमितको संख्या बढी रहेको धादिङमा आज धुनीबेसी नगरपालिका निवासी ३५ वर्षिय १ महिलामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । फाईल फोटो

