अलाभेस सँग रियल म्याड्रिड पराजित

Avatar photo
Dhadingpost
मंसिर १४, २०७७

एजेन्सी मंसिर १४ । घरेलु मैदानमा अलाभेससँग स्पेनिस च्याम्पियन रियल म्याड्रिडले हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो ।

खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए ।

दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसले अग्रता दोब्बर पार्यो । गोलरक्षक थिबाउट कोर्टुवाले क्लियर गरेको बल सिधै जोसेलुको खुट्टामा पुगेपछि उनले पेनाल्टी क्षेत्र बाहिरबाट सिधै गोल गरेका थिए ।

निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलले गोल फर्काएर पुनरागमन गर्ने संकेत देखायो । क्यासेमिरोले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै गोल अन्तर कम गरेका थिए ।