
धादिङ मंसिर १२ । धादिङ जिल्लामा हाल सम्मको १३ सय ८३ जना कोरो संक्रमित मध्य १२ सय २२ जना पूर्ण रुपमा कोरोना मुक्त भई घर फर्कि सकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले तयार गरेको तथ्याङ्क अनुसार हाल सम्मको संक्रमित मध्य १७ जनाको भने मृत्यु भएको छ ।
शुक्रबार धादिङको गल्छी गाउँपालिकामा २ र थाक्रे गाउँपालिकामा १ जना गरि ३ जनालाई कोरोना पोजेटिभ भएको छ भने खनियाबास गाउँपालिकाको २२ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको समेत स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

