बेनीघाटमा रहेको नि:शुल्क कपडा घरलाई बाँके कोहलपुरबाट कपडा सहयोग

Avatar photo
Dhadingpost
कार्तिक २२, २०७७

धादिङ कार्तिक २२ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई बाँकेबाट ३ बोरो कपडा सहयोग प्राप्त भएको छ ।

बाके, कोहलपुर Student Welfare committee ( Nepalgunj Medical college) का विद्यार्थीहरुबाट ३ बोरा कपडा सहयोग प्राप्त भएको दिपेश कडेलले धादिङपोष्टलाई बताउनु भयो ।

यसै गरी बेनीघाट गाउँपालिका स्वास्थ्य प्रमुख शंकर दुवाडीले नि:शुल्क कपडा घरलाई स्वास्थ्य सामाग्री मास्क र सेनिटाइजर प्रदान गर्नु भएको छ । यो दशैमा मात्रै यो निशुल्क कपडा घरबाट २०० जना भन्दा बढी लावान्भित बनेका थिए ।

खाना, नाना र छानाबाट कोहि बन्चित हुनु हुँदैन भन्ने नाराका साथ संचालनमा आएको यस कपडा घरमा हुनेले सहयोग गर्ने र नहुनेले छानी छानी निस्शुल्क कपडा लान सक्ने व्यवस्था गरिएको छ ।