
धादिङ असोज ९ । धादिङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।
बिहिबार त्रिपुरासुन्दरी गाउँपालिका स्थित एक ३२ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि छ । असोज ५ गते कोरोना संक्रमण पुष्टि भए उहाँ ६ गते अस्पताल हुनुभएको थियो ।
ति महिला निमुनियाकोको रोगी समेत रहेको अस्पतालले जनाएको छ । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ जना पुगेको हो ।
यस अघि नीलकण्ठ नगरपालिका १४ धुवाँकोट ३२ वर्षिय एक पुरुषको उपचारको क्रममा ह्याम्स अस्पताल काठमाडौंमा मृत्यु भएको तियो मृत्यु पछि आएको कोरोनारिपोर्ट पोजेटिभ देखिएको थियो ।
र सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षिएक एक पुरुष पाटन अस्पतलमा उपचारको क्रममा मृत्यु भएको थियो । मृगौला रोगी ति पुरुषको मृत्यु भए पछि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
धादिङमा बिहिबार सम्म ४०१ जना कोरोनाबाट संक्रमित भैसकेका छन् भने २६९ जना निको भएर घर फर्कि सकेका छन् ।
