
धादिङ भाद्र ८ । धादिङमा सोमबार दुई जनालाई कोरोना भाईरस (कोभिड(१९) संक्रमित भएको पुष्टि भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा वडा नम्बर २ का ६५ वर्षिय महिला र धादिङ घर भएकी तर अन्य ठेगाना नखुलेको एक २७ वर्षिय एक युवती कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै धादिङमा १ जनाको मृत्यु, संक्रमितको संख्या १७६ जना पुगेको छ भने संक्रमित मध्य १४८ जनालाई निको भैसकेको छ ।
