बसेरीको आँपआखोलाले बगाउँदा वेपत्ता अधिकारीको खोजीकार्य जारी

Avatar photo
Dhadingpost
भदौ ७, २०७७

धादिङ भाद्र ७ । रणबहादुर अधिकारीलाई शुक्रबार बिहान अन्दाजी ५:५५ बजे स्थानीयले देख्ने गरि नै बसेरीको आँपखोला तर्ने क्रममा बगायो । खोजीको क्रममा केहि तल पानीले तैर्याएको अवस्थामा कपडा भेटिए पनि वेपत्ता अधिकारीलाई भने भेट्न सकिएको छैन ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ६ स्थित आँपखोलाले बगाउँदा वेपत्ता भएका अधिकारीलाई अझै फेला पार्न सकिएको छैन । हामी दिनरात नभनी खोजी कार्यमै छौ, वडा अध्यक्ष भक्तबहादुर लामिछाने बताउनु हुन्छ ।

५५ वर्षिय अधिकारीलाई खोलाले बगाएको पनि आज ३ दिन भैसक्यो, हामी जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरीको सकृयतामा अधेरीखोला, बुढिगण्डकी लगायतका खोला, आसपास खोजी कार्य गरि रहेका छौं, वडा प्रमुख लामिछानेले धादिङपोष्टलाई बताउनु भयो ।