धादिङ बसेरीमा खोलाले बगाउँदा रणबहादुर अधिकारी वेपत्ता

Avatar photo
Dhadingpost
शनिबार, भदौ ६, २०७७

धादिङ भाद्र ६ । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ६ स्थित बसेरीको आपखोलाले बगाउँदा अधेरी गाउँका ५५ वर्षीय रणबहादुर अधिकारी २४ घण्टा देखि वेपत्ता हुनु भएको छ ।

खोलाले बगाएको २४ घण्टा हुँदा पनि फेला पर्न नसकिएको वडा प्रमुख भक्त वहादुर लामिछानेले बताउनु भयो ।

अहिले पनि जनप्रतिनिधि, स्थानीय बासिन्दा, नेपाल प्रहरीको सकृयतामा अधेरीखोला, बुढिगण्डकी लगायतका खोला, आसपासका खोजी कार्य भईरहेको छ, वडा प्रमुख लामिछानेले धादिङपोष्टलाई बताउनु भयो ।

लामिछानेका अनुसार शुक्रबार बिहान अन्दाजी ५:५५ बजेको समयमा घर नजिकको आपखोला तर्ने क्रममा अधिकारीलाई बगाएको हो ।