गोलाङको पहिरोमा परि मृत्यू भएका परिवारलाई लायन्स क्लवको सहयोग

Avatar photo
Dhadingpost
साउन ११, २०७७

धादिङ साउन ११ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चिोक गोलाङ खवासमा तीन जनाको ज्यान जाने गरी साउन ५ गते पहिरोले घर बगाएको थियो ।

एकै परिवारका तीन जनाले ज्यान गुमाएका उक्त घटनाका मृतक परिवारलाई लाइन्स क्लव अफ धादिङ सल्यान्टारले काज किरिया खर्च स्वरुप आर्थिक सहयोग गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका आसपासका क्षेत्रहरुमा सामाजिक काममा सक्रिय उपस्थिति जनाउँदै आएको यस लाइन्स क्लव अफ धादिङ सल्यान्टारका अध्यक्ष सन्जु श्रेष्ठले मृतक परिवारलाई काज किरिया खर्च स्वरुप १५ हजार सहयोग गरिएको धादिङपोष्टलाई बताए ।

x