लायन्स क्लव सल्यानटारको अध्यक्षमा सञ्जु श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २१, २०७७

धादिङबेसी बैशाख २१ । धादिङको त्रिपुरा सुन्दरीगाउँपालिका स्थित लायन्स क्लव अफ धादिङ सल्यानटारको अध्यक्षमा सञ्जु श्रेष्ठ चयन भएका छन् ।

विभिन्न सामाजिक कार्यमा सहभागि जनाउँदै आएको लायन्स क्लव अफ धादिङ सल्यानटारको लायन वर्ष २०२०-२१ को लागि श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।

काम गर, व्यावसाय गर, उधमशिल वन, पैसा बचत गर जथाभावी खर्च नगर बचेको समय बचेको धन सामाजिक सेवामा लगाउ, साथीभाई, परिवारमा रमाउ, साथीभाई बीच भाइचारा तथा नेतृत्व क्षेमता विकासको उद्धेश्य राख्ने यस लायन्स क्लव अफ धादिङ सल्यानटारको अधिवेशनले आगामी कार्यकालका लागि १४ सदस्यीय समिति चयन गरेको छ ।

निवर्तमान अध्यक्ष रबिन्द्र बुर्लाकोटिको अध्यक्षतामा सम्पन्न क्लबको अधिवेशनबाट प्रथम उपाध्यक्षमा राजेन्द्र इटनी ,द्वितीय उपाध्यक्षमा राजु उप्रेती सचिबमा शंकर श्रेष्ठ , कोषाध्यक्षमा विश्वराज पाण्डे चयन भएका छन् ।अधिबेशनमा चार्टर प्रेसिडेन्ट प्रो लायन ऋषिश्वोर बुर्लाकोटिको उपस्थिति रहेको थियो ।

सामाजिक काममा हातेमालो गर्ने गरेको क्लबले सल्यानटारमा खानेपानी टयान्की निर्माण, प्राथमिक स्वास्थ केन्द्र सल्यानटारमा मेगा हेल्थ क्याम्प, सल्यानकोट माध्यामिक विद्यालयमा आइ क्याम्प संचालन गरेको थियो ।

यस्तै सरसफाइ कार्यक्रम, गरिब परिवारलाई खाद्यान्न सहयोग, विधालयहरुमा स्टेशनरि सामग्री वितरण लगायतका कार्यहरु समेत लायन्स क्लव अफ धादिङ सल्यानटार गरेको थियो ।

अब पढाउ आभियान अन्तर्गत शिक्षाबाट बन्चित बालबालिकाहारुलाइ छात्रवृत्ति र पुरस्कार अक्षय कोष अभिबृदी , सदस्य तथा नयाँ क्लब बिस्तार, सबै सदस्यमा सुचना सन्चारको पहुच र चिनारी । जहाँ आवश्यकता त्यहाँ लायन्स अन्तर्गत विभिन्न सामाजिक कार्यहरु संचालन गरिने अध्यक्ष श्रेष्ठले धादिङपोष्टलाई बताए ।