लायन्स सल्यानटारद्वारा विद्यालय परिसरमा बृक्षारोपण

Avatar photo
Dhadingpost
शनिबार, असार २७, २०७७

धादिङ असार २७ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा रहेको लायन्स क्लव अफ सल्यानटार र साना किसान कृषि सहकारी सस्था सल्यानटारले विद्यालयको खाली जग्गामा फलफुलको विरुवा रोपिदिएका छन् ।

त्रिपुरासुन्दरी वडा नम्बर १ मा रहेको चक्रदेवि आधारभुत विद्यालयको स्वामित्वमा रहेको खाली जग्गामा ५० वोट आप र लिचिको विरुवा रोपिएको लायन्स क्लव अफ सल्यानटारका अध्यक्ष सन्जु श्रेष्ठले धादिङपोष्टलाई बताए ।

भविस्यमा विधालयको आम्दानी श्रोत वृद्धि भै बिद्यालयमा छात्रवृत्ति अक्षयकोश तथा शैक्षिक सामग्री खरिदमा जोड पुग्ने अपेक्षा सहित फलफुलको विरुवा रोपिएको साना किसान सहकारीका अध्यक्ष फणिकान्त छत्कुली बताउँछन् ।

शुक्रबार गरिएको सो विरुवा रोपण कार्यक्रममा लायन्स क्लब सल्यानटारको अध्यक्ष सन्जु श्रेष्ठको नेतृत्वमा सदस्यहरु साना किसान कृषि सहकारी सस्थाको अध्यक्ष तथा विधालयको प्र अ लगाएतविद्यालयका अभिभावकहरुको उपस्थिति रहेको थियो ।