
धादिङ असार २९ । धादिङको मलेखुमा सोमबार भएको रक्तदान कार्यक्रममा २६ जना महिला र ११९ जना पुरुष गरि १४५ जनाले रक्तदान गरेका छन् ।
बोनीघाट रोराङ गाउँपालिका ३ मलेखु रिचोकटारमा रहेको जन कल्याण वचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रेडक्रस सोसाईटी धादिङको प्राविधिक सहयोग तथा राजमार्ग सामुदायीक अस्पतालको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
लकडाउनका कारण रक्तदान कार्यक्रमहरुमा कमी आए सँगै मुलुकभर रगत अभाव भए सँगै रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आव्हान गरिएको नारायणकुमार श्रेष्ठले बताए ।
