नेशनल माइक्रो फाइनान्सद्वारा विपन्नलाई खाद्यान्न र प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
बैशाख ३०, २०७७

धादिङ बैशाख ३० । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय गोगनपानी धादिङ्गले अति विपन्र परिवार खाद्यान्न सामाग्री र प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको छ ।

कोरोना भाईरसको जोखि रोक्न सरकारले गरेको लकडाउनका क्रममा खाद्यान्न संकटमा रहेका अति अति विपन्र परिवारलाई ६० हजार रुपैया बराबरको खाध्यान वितरण गरेको हो ।

संस्थाले स्थानिय निकायहरुको समन्वयमा हालको विपद अवस्थामा दैनिक छाक टार्न पनि समस्यामा परेका अति विपन्न ६२ घर परिवारहरुलाई चामल दाल नुन र खाने तेल प्रदान गरेको बताएको छ ।

यस्तै नेशनल माइक्रोफाइनान्सले अस्थाइ ट्राफिक प्रहरी पोष्ट थाक्रे ६ महादेववेशी धादिङ्गलाई माक्स, सेनिटाइजर,पन्जा वितरण गरेको शाखा प्रमुख रामचन्द्र लोहनी बताए ।

यस लघु वित्तको मुख्य काम कर्जा प्रवाह, बचत विमा, रेमिटयान्स रहेता पनि सामाजिक उत्तरदायित्व अन्तरगत हाल विश्व्यापी कोभिड १९ ले प्रभावित्त संस्थाको ४७ जिल्लाहरु अन्तरगतको ६५ वटा शाखा कार्यालयहरुमा आवद् रहेका ९० हजार घरधुरी अन्तरगत ५ हजार १०३ परिवारलाई राहत वितरण गरिएको प्रमुख लोहनीले धादिङपोष्टलाई बताए ।

यस नेशनल माइक्रोफाइनान्सको हालसम्म ६५ शाखा, ९० हजार सदस्य, ७ अर्व २५ करोड कर्जा प्रवाह र वचत १ अर्ब ६० करोड रुपैयां रहेको सो संस्थाले जनाएको छ ।