
धादिङ बैशाख ११ । धादिङ जिल्लामा आफ्नै छुट्टै पहिचानका साथ जिल्ला तथा वाह्य जिल्लामा समेत यातायात सेवा दिई रहेको ग्रामिण यातायात प्रालिले आज साँझ काठमाडौबाट धादिङ आउनको लागि नि:शुल्क बस संचालन गर्ने भएको छ ।
ग्रामिण यातायात प्रालि धादिङका अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार बिहिबार साँझ काठमाडौको माछापोखरीबाट धादिङका लागि ४ वटा बसको लागि जिल्ला प्रशासनबाट पास लिएको र उक्त बसहरुमा यात्रा गर्ने यात्रुहरुका लागि भाडा नलाग्ने बताए ।
लकडाउना कारण काठमाडौमा रोकिएका धादिङबासीका लागि घर फर्काउन सहयोग गर्ने योजना अनुरुप समितिले नै भाडा व्यहोर्ने गरि बस साँझ ७ बजे माछापोखरीबाट छुट्ने समेत अध्यक्ष अधिकारीले धादिङपोष्टलाई बताए ।

