धादिङमा सवारी पास खारेज, ढुवानी तथा पसल बन्द

Avatar photo
Dhadingpost
बैशाख ३, २०७७

धादिङबेसी बैशाख ३ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै, हाल जारी सवारी पास खारेज गरेको छ ।

कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले लागु गरेको बैशाख १५ गते सम्म धादिङका औषधी पसल बाहेका सबै पसलहरु र ढुवानी सेवाहरु बन्द गरिएको जारी सूचनामा बताईएको छ । यसअघि धादिङमा अत्यावश्यक खाद्यान्न पसलहरु बिहान ६-९ र बेलुका ४-६ बजे सम्म खुल्ला गरिएको थियो ।

जिल्ला प्रशासनले आरडीटी टेस्टमा १ जनाको पोजेटिभ देखिएको ज्वालामुखि गाउँपालिका अन्तरगत अमराईमा आवत जावत गर्न समेत सूचना मार्फत रोक लगाएको छ ।

बैशाख ३ गते मध्यरातबाट लागु हुने गरि जारी उक्त सूचना अनुसार अब धुनीबेसी नगरपालिका पिपलामोड देखि बेनिघाट रोराङको मौवाखोला सम्म पैदल यात्रा रसवारी पास नभएका सवारीहरुलाई रोक लगाईएको छ ।

सूचना जस्ताको तस्तै

x