सांसद डा.रामकुमार अधिकारीद्वारा एक हजार थान पीपीई सहयोग

Avatar photo
Dhadingpost
चैत्र २३, २०७६

धादिङ चैत्र २३ । धादिङबाट निर्वाचित प्रदेश सांसद डा. रामकुमार अधिकारीले स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्री पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) एक हजार थान सहयोग गरेका छन् ।

सरकारले संचालन गरेको कोरोना भाईरस उपचार तथा रोकथाम कोषका लागि एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका सांसद अधिकारीले त्यो बाहेक २५ लाख खर्च गरेर एक हजार थान पीपीई वितरण गरेका हुन् ।

धादिङको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई २०, नेत्रावती डब्जोङ गाउँपालिका र ज्वालामुखी गाउँपालिकालाई १०-१० थान पीपीई सहयोग गरेका सांसद अधिकारीले अन्य पीपीई भने जिल्ला बाहिर अत्यन्त जोखिमका रुपमा रहेका जिल्लाहरुमा सहयोग स्वरुप पठाएका छन् ।