टुकी नेपालद्वरा सेनिटाइजर र मास्क वितरण

Avatar photo
Dhadingpost
चैत्र १९, २०७६

धादिङ चैत्र १९ । शिक्षा र स्वास्थ्यमा निरन्तर सहयोग गर्दै आई रहेको टुकी नेपालले धादिङको ज्यामरुङमा एक घर एक सेनिटाईजर र एक व्यक्ति एक माक्स वितरण गरेको छ ।

कोरोना भाईरस (कोभिड १९) को संक्रमणको जोखिमबाट बच्न टुकी नेपालले धादिङको ज्यामरुङमा सेनिटाईजर र माक्स वितरण गरेको हो ।

नीलकण्ठ नगरपालिका १० ज्यामरुङका सम्पूर्ण नागरिकहरु सेनिटाईजर र माक्स, नीलकण्ठ नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षाका लागि पिपिइ वितरण कार्य सुरुभएको टुकी नेपाल समाजका अध्यक्षकमल सापकोटाले बताए ।