तितो सत्यका राजलाई बिदाई

Avatar photo
Dhadingpost
शनिबार, असार १९, २०७२

diधादिङ । अत्यन्त राम्रो अभिनय गर्ने क्षेमता भएका तितो सत्यका राजले तितो सत्यबाट विदा लिएका छन् । बाल कलाकारको भुमिका बाट आफ्नो अभिनय सुरुगरेका राज अहिले किशोरको भुमिका सम्म आई पुगेका थिए । राजलाई विदाई गर्दा भाबुक बन्दै तितो सत्यका दिपक राज गिरिले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
हामिले नजन्माएको तर हाम्रो छोरो अब उस्लाइ तीतो सत्यमा देख्न पाउनु हुने छैन, उच्च शिक्षा हासिल गर्ने क्रमममा सि.ए. अध्ययनका लागि हिजो मात्र भारत प्रस्थान गरेको छ राज ,सि.ए.बन्ने लक्ष्यका साथ हिड्यौ खुशि छौ ।

तर भोलि देखि तीतो सत्यको सेटमा हाम्रा आंखाहरुमाले तिम्लाइ यता उता खोजिरहने छन् । बहुमुखी प्रतिभाशाली राज तिमिलाइ म, दीपाजी तीतो सत्यका लाखौ दर्शकले मिस गर्ने छौ ।
सानो थियौ दॉत फुक्लेको थोते ३ कक्षामा पढने बालक हाम्रौ अगाडि हुकिर्यौ, अभिनय जस्तो कठिन काम गर्दा पनि एस एल सि मा ९१.५ अंक ल्याइ उतिर्ण भइ हामिलाइ अचम्भित तुल्याइ दियौ ।

कहि केहि नभए जस्तो, केहि हराए जस्तो केहि नपुगे जस्तो तर तिम्रो लक्ष्य हाम्रो ममता भन्दा धेरै गुणा महत्वपूणए छ । तिम्रो भबिष्य अनि देशले पाउने भोलिको एक सक्षम सि.ए. लाइ हाम्रो पुत्र प्रेमले रोक्न सक्दैन ।