कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

Avatar photo
Dhadingpost
चैत्र ५, २०७६

धादिङ चैत्र ५ । ज्यान मारेको मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १८ वर्ष पछि पक्राउ परेका छ ।

धादिङको थाक्रे गाउँपालिका ६ घर भएका अभियुक्त ५८ वर्षिय रण बहादुर थापालाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी जानकारी दिए ।

जिल्ला अदालत धादिङले २०५८ माघ १४ गते थाक्रेको रानीबारीमा बस्ने वर्ष ५८ को संवजित थापाको कान्छी श्रीमती वर्ष ६५ की साईली भन्ने माईली थापालाई रण बहादुर थापाले हत्या गरेको ठहर गरे सँगै उनी फरार थिए ।

फरार रहेका थापालाई लुकिछिपी बसेको अवस्थामा केन्द्रिय अनुसन्धान ब्युरो तथा जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । (धादिङपोष्टका लागि तस्वीर सौजन्यः जिल्ला प्रहरी कार्यालय धादिङ)