
धादिङ फागुन १९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले निर्वाचन शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागि निर्वाचन शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हुमनाथ पराजुलीले सहजीकरण गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा मतदाता दर्ता प्रणाली, मतदान, मतगणना र निर्वाचन÷मतदाता शिक्षा, निर्वाचन आचारसंहिता बारे विद्यार्थीले उठाएका प्रश्नहरुको निर्वाचन अधिकृत हुमनाथ पराजुली सहजीकरण गरेका थिए ।
निर्वाचन शिक्षा कक्षा १० को पाठ्यक्रममा रहेको र परीक्षाको हिसाबले पनि महत्वपूर्ण रहेकोले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विद्यालयका एसोसिएट प्रिन्सिपल भिम बहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।
