
धादिङ फागुन १३ । धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउपालिमा रहेका आन्तरीक तथा वाह्य पर्यटकिय क्षेत्रहरुको प्रवद्र्धनका लागि म्याराथुन प्रतियोगिता हुने भएको छ ।
भिजिट २०२० लाई लक्षित गर्दै अचनेटार गंगाजमुना सल्यानकोट म्याराथुन हुने भएको छ ।आगामी फागुन २४ गते शनिबार अचने उपभोक्ता समितिको गाउ पर्यटन बिकास उप समितिको आयोजनामा हुने उक्त प्रतियोगिताको रुट अचनेटार गंगाजमुना सल्यानकोट रहेको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रथम पुरस्कार १ लाख, द्वितिय पुरस्कार ७५ हजार र तृतिय पुरस्कार ५० हजार प्रदान गरिने आयोजकले घोषणा गरेको छ ।

