२ दाजुभाई मिलि धादिङ २ सय घरलाई जस्ता हस्तान्तरण

Avatar photo
Dhadingpost
असार ६, २०७२

jastaधादिङबेसी असार ६ । यतिबेला चर्चामा छन् कल्लेरीका दुई दाजुभाई राजन भजेल र दिपक भुजेल, यी दुई जनाले धादिङ कै कल्लेरी, कुम्पुर र खाल्टेका २ सय घर घुरीलाई जस्ता बाडेका छन् ।
वर्षाद लागि सक्यो पाएको त्रिपाल पनि च्याति सकएको अवस्था अनि कुनै निकायले पनि जस्ता नदिए पछि जस्तापातको प्रतिक्षामा बसेपछि काठमाडौंमा साहारा ट्राभल्स एण्ड टुर्स व्यवसाय संचालन गरि रहेका यी दुई दाजु भाईहरुको आँखा पुग्यो अनि जस्ता बाड्ने योजना बनाए ।
भुजेल दाजुभाइले अहिलेसम्म कल्लेरी, खाल्टे र कुम्पूरका विभिन्न बस्तीमा २०० घर परिवारलाई प्रतिघर एक एक बण्डलको जस्तापाता बाँडिसकेका छन् । उनीहरुले कुम्पूरको खर्कमा १८, चामडाँडामा ६१ र आदमटारमा माझी समुदाय लगायतका १२ घर परिवारलाई जस्तापाता बाँडिसकेका छन् ।
यसरी नै कल्लेरीको मुलाबारी भुजेलटोल, साइनडाँडा, कोर्थोक, आमडाँडा र घर्तीगाउँ लगायतका गाउँहरुमा १०० घरपरिवारलाई पनि जस्तापाता उपलब्ध गराइसकेका छन् । खाल्टेको फ्याक्से नजिकै स्यालडाँडामा पनि भूकम्पपीडित ३४ घरपरिवारलाई ३४ बण्डल जस्ता बाँडेर शनिबार फर्केका दीपक भुजेल भन्छन्, ‘भूकम्पले सबैतिर अस्तव्यस्त बनाएको छ । हामी दुईभाईले यति सहयोग गर्न सक्यौं भने सक्नेले यहि बेलामा हो सहयोग गर्ने भुजेल दाजु भाईले बताए ।