
धादिङ माघ १० । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुँवाकोटमा मन्जुश्री सम्बत् २८५६ औं सोनाम ल्होछार (जिवाल्हो) मुसा वर्ग को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
टासी छ्योईलिङ बौंद्ध गुम्वा धुवाँकोट भदौरेले आयोजना गरेको उक्त सोनाम ल्होछार विशेष शुभकामना आदान प्रदान कार्यक्रममा प्रदेश सांसद डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
सोनाम ल्होछारको अवसरमा शुभकामना दिन भदौरे पुगेका सांसद अधिकारीले हामी सुन्दर र सभ्य मुलुक बनाउने अभियानमा छौ, हिजो कुरा मात्र भए, आज मुलुकमा आर्थिक समृद्धि सहितको परिवर्तन सुरुभएको दावी गरेका थिए ।
सांसद अधिकारी धार्मिक रितिरीवाज, चाल चलन, कला संस्कृति नेपालको विशेष पहिचान भएको भन्दै आयोजक टासी छ्योईलिङ बौंद्ध गुम्वा भदौरे आवश्यकताको पहिचान गरि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
टासी छ्योईलिङ बौंद्ध गुम्वा भदौरेका अधयक्ष दलबहादुर तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपाका स्थानिय नेताहरु नेताहरु श्याम शाह, नवराज दुवाडी, साजसेवीहरु निमबहादुर गुरुङ, भत्तबहादुर रानामगर, ज्ञानेन्द्र शाह लोक तथा मेन्दोमायाँ कलाकारहरु लगायतको आतिथ्यता रहेको थियो ।

