भिजिट नेपाल सफल बनाउन पर्यटक लिएर आए लाेक दाहाल

Avatar photo
Dhadingpost
पुस २६, २०७६

धादिङ पुस २६ । भिजीट नेपाल २०२० लाई सफल बनाउनु हाम्रो कर्तव्य भन्दै एनआरएनएका सहकाेषाध्यक्ष लाेक दाहाल पर्यटक लिएर नेपाल आएका छन् ।

हामी जहाँ रहेपनि हाम्रो निष्चल माया देश प्रतिनै रहिरहन्छ, नेपालकाे आर्थिक विकासको मुख्य स्रोत टुरीजम नै हो, संसार भरी रहेका हामी गैर आवासीय नेपालीहरूले एक नेपाली, एक विदेशी साथी नेपाल पठाउ अभियानलाई सफल बनाउन पर्यटक लिएर नेपाल आएकाे सह काेषाध्यक्ष दाहालले बताए ।

अहिले बेल्जियमबाट १३ जनाकाे टिम लिएर नेपाल अाएकाे छु, अन्यले पनि नेपालका लागि टिकट काटि सकेका छन् । भ्रमण सँगै हामी सामाजिक सेवा पनी गर्ने छौ, दाहालले धादिङपाेष्टलाई बताए ।

नेपाल आउनु अघि दाहाल सहित १३ जनाकाे टिमलाई बेल्जियम स्थित नेपाली दुतावासका उपनीयोग प्रमुख सुधिर र गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुवेदी लगायतले विधाई गरेका थिए ।