पत्रकार महासंघ युएईद्धारा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
पुस १३, २०७६

युएई, पुष १३ । नेपाल पत्रकार महासँघ युएई शाखाको आयोजनामा दुवईको जविल पार्कमा गत शुक्रबार अँग्रेजी नया बर्ष २०२० को अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार महासँघ युएइ शाखाका अध्यक्ष लक्ष्मण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रको प्रमुख आतिथ्यता शाखाका सल्लाहकार एकेन्द्र थापाले गरेका थिए । शाखाका सल्लाहकार हरी नेपालीको विशेष आतिथ्यता रहेको कार्यक्रमको संतालन सचिव मोहन बस्यालको रहेको थियो।

बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर पनि पत्रकारितामा आवद्ध पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा युएईमा कार्यरत नेपाली सघसँस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुमा उपस्थित सबैलाई स्वागत गर्दै महासंघ युएई शाखाका अध्यक्ष खनालले परदेशको ठाउमा हामी नेपालीहरु एकजुट हुनुपर्ने र एक आपसमा भाइचारा कायम गरि एक अर्कालाई आइपर्ने हरेक समस्याहरु समाधान गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै विशेष अतिथी तथा सल्लाहकार हरि नेपालीले युएईमा मजदुरीबाट बचेको समयलाई सदुपयोग गर्दै सामाजिक पत्रकारिता गर्दै आइरहेका पत्रकारहरुको भुमिका बारे प्रष्ट पार्दै युएईमा क्रियाशिल संघसंस्था, ब्यबसायी, समाजसेवी, बुद्दिजिबी लगायत आम मजदुरहरुले गैरकानुनी कार्य नगर्न आग्रह गरेका थिए।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष गोबिन्द ढकाल,अन्तराष्ट्रिय नेपाली समाजका बाबुराम लोप्चन,नेपाली समाजका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद साप्कोटा, गैर आवासीय नेपाली संघका मध्यपुर्व सह संयोजक मनोज गोर्खाली, हामी नेपाली एशोसियसनका दिनेश आचार्य, गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइराला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शुभकामना दिने क्रममा अतिथीहरुले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि युएईबाट हरेक नेपालीले जोड दिनुको साथै प्रचारप्रसारमा लागि पर्न समेत आग्रह गरेका थिए।