
धादिङबेसी कार्तिक ५ । धादिङबेसीपुछार बजारमा धादिङ यातायतको बसले किच्दा सात वर्षिय बालक संजय तामाङ गम्भीर घाईते भएका छन् ।
नेत्रावती डब्जोङ गाउँपालिका ४ कटुञ्जेबाट अभिभावकका साथ मंगलबार धादिङबेसी आएकाका तामाङलाई बिहान १० बजे बसले ठक्कर दिँदा गम्भीर घाईते भएका हुन् ।
घाईते बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लाने तयारी गरिएको बताईएको छ गाडीको ठक्करबाट उनको खुट्टा किचिएको अवस्थामा जिल्ला अस्पताल पुर्याईएको थियो ।

ट्राफिक नियम कार्यान्वयनमा अस्तव्यस्त देखिने धादिङबेसी सदरमुकाममा सवारी साधनका गति सिमत भएको देखिँदैन । धादिङबेसी पुल पारीबाट छतमा मान्छे हाल्न दिने, ट्राफिकले ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कार्वही गरेन के भन्नु । बजारमा तिब्र गतिमा गुड्ने सवारी साधनलाई कुनै कार्वाही नगर्दा यस्ता दुर्घटनाहरु हुने गरेको स्थानीयहरु बताउँछन् ।

