गणित शिक्षकहरुको दुई दिने तालिम सुरु

Avatar photo
Dhadingpost
भदौ २८, २०७६

धादिङ भाद्र २८ । माध्यामिक विद्यालयमा अध्यापन गर्दै आएका गणित विषयका शिक्षकहरु सहभागि दुई दिने Geo-zebra dynamic software तालिम धादिङबेसीमा सुरुभएको छ ।

गणित शिक्षा परिषद धादिङले गणितले शिक्षण सिकाईलाई प्रभावकारी बनाउन उक्त तालिमको आयोजना गरेको हो ।

गणितको सिकाईलाई प्रविधिको प्रयोग गर्न तालिम महत्वपूर्ण हुने गणित शिक्षा परिषद धादिङका सचिव उत्तम भट्टले धादिङपोष्टलाई बताए ।

दुई दिन सम्म विज्ञको सहायताले Geo-zebra dynamic software  बारे गणित शिक्षकहरुलाई दिईने तालिममले शिक्षण विधिलाई सुत्रवद्ध गर्न र सरलिकृत गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने आशा गरिएको समेत भट्टले धादिङपोष्टलाई बताए ।