
धादिङ साउन १८ । धादिङबेसी स्थित जिल्ला कारागारमा रहेका ११७ जना बन्दीले शनिबार रक्तदान गरेका छन् ।
सामाजिक क्षेत्रमा सहयाेग गर्दै आई रहेकाे राेटरी क्लव अफ धादिङले कारागार भित्र आयाेजना गरेकाे उक्त रक्तदान कार्यक्रममा ३०९ जना बन्दी मध्ये ११७ जनाले रक्तदान गरेका हुन् ।

उक्त कार्यक्रममा कारागार भित्र रहेका बन्दीहरुलाई खानेपानी सहजताका लागि १ हजार लिटरकाे खानेपानी ट्याङ्की हस्तान्तरण गरिएकाे राेटरी क्लव अफ धादिङका अध्यक्ष अशाेक कुमार बस्नेतले धादिङपाेष्टलाई बताए ।

