थाँक्रेको बजेट सर्वजनिक

Avatar photo
Dhadingpost
असार ११, २०७६

धादिङ, महादेववेशी असार ११ । धादिङको थाक्रे गाउँपालिकाले ५४ करोड ७९ लाखको बजेट विनियोजन गरेको छ ।
मँगलबार आयोजित गाउँपालिकाको पाचौँ गाउँसभाले ५४ करोड ७९ लाखको बजेट विनियोजन हो ।

सम्वृद्ध थाक्रे गाउँपालिका निर्माणको आधार, कृषी, उद्योग, पर्यटन, व्यापार र पुर्वाधार सहितको दिर्घकालिन सोच राखेको गाउँपालिकाले विभिन्न लक्ष्य र सम्वृद्ध थाक्रे र सुखी थाक्रेबासी चाहनालाई परिपुर्ति गर्न विभिन्न उदेश्य सहित बजेट आएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताएका छन् ।

गाउँपालिका र ११ वटा वडा कार्यालयहरु सँचालनका लागि ६ करोड ७५ लाख चालु खर्च र ३३ करोड १३ लाख रुपैँयाको पुँजिगत खर्च तथा सर्शत तर्फ १४ करोड ९१ लाख रुपैँया गरि ५४ करोड ७९ लाख रुपैँयाको अनुमानित व्यय पेश गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड ९५ लाख ७० हजार रुपैँया, सामाजिक विकास तर्फ ७ करोड ८६ लाख ९० हजार, पुर्वाधार विकास तर्फ ११ करोड २४ लाख ७० हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, सँस्थागत विकास सेवा प्रवाह र सुसासन तर्फ २ करोड १ लाख ६० हजार रुपैँया विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताईन् ।