असार १५ गते धुनिबेसीमा रोपाईं महोत्सव हुने

Avatar photo
Dhadingpost
असार १०, २०७६

धादिङ १० । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ नेपाल) र धादिङको धुनिबेसी नगरपालिकाले संयुक्त आयोजनामा रोपाईं महोत्सव महोत्सव हुने भएको छ ।

धान दिवसको अवसर पारेर भिटोफ नेपाल र नगरपालिकाले असार १५ गते धुनिबेसीमा रोपाईं महोत्सव आयोजना गर्ने भएको हो ।

काठमाडौबाट रोपाईं महोत्सवमा सहभागी हुन १४९९ रुपैयाँ शुल्क तोकिएको र त्यसभित्र सवारी साधन, ब्रेकफास्ट, लन्च र दहि चिउरा समेतको व्यवस्था रहेको बताईएको छ ।

भिटोफ नेपालले वर्षेनी असार १५ का दिन फरक फरक ठाउँमा रोपाईं महोत्सवको आयोजवना गर्दै आएको छ । (फोटोः गत वर्षको रोपाई महोत्सवको)