स्मार्टसिटी र वाईफाई फ्रि चुनावी नारा मात्र हो ?

Avatar photo
Dhadingpost
जेष्ठ ३२, २०७६

धादिङबेसी जेष्ठ ३२ । नीलकण्ठ नगरपालिकाले आज धादिङबेसीमा आयोजना गरेको आर्थिक वर्ष ०७६/०७७ को नीति, कार्यक्रम र बजेटका लागि गरेको राय सुझाव ग्रहण तथा परामर्श कार्यक्रममा सहभागि अधिकाँशले स्मार्टसिटी र वाईफाई फ्रि चुनावी नारा मात्र हो ? भनेर प्रश्न गरेका छन् ।

कार्यक्रममा ठुल ठुला अक्षमा वाईफाई फ्रि को नारा लेखेर घोषणा पत्र बाँडियो, अनि स्मार्टसिटी निमार्णको लागी के-के काम भयो नगर प्रमुख र उप प्रमुखलाई सहभागिहरुले पेचिलो प्रश्न गरेका थिए ।

एक पटक चुनावी घोषणा पत्र राम्ररी पढ्न आग्रह गर्दै घोषणा पत्रमा लेखिएका प्रतिवद्धता कार्यन्वएन गर्न सहभागिहरुले आग्रह गरेका थिए ।

सहभागिहरुले आगमी वजेटमा थोपल खोला, अरुण खोला र आँसी खोला सम्रक्षणको लागि विशेष योजना बनाउनु पर्ने, सार्वजनिक जग्गा अधिक्रमण रोक्न विशेष योजना बनाउनु पर्ने समेत माग गरेका थिए ।

स्मार्ट सिटीको अवधारणा मै आउने सुझाव र सल्लाहलाई उच्च प्रथामिकतामा राखेर ०७६ आषाढ १० गते बजेट प्रस्तुत हुने बताएका थिए ।