गणित शिक्षकहरुले जेष्ठ ३२ गते अन्तरक्रिया गर्दै

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७६

धादिङ जेष्ठ २५ । गणित शिक्षा परिषद धादिङले जिल्ला भरि छरिएर रहेका माध्यामिक विद्यालयमा गणित विषय अध्यापनरत शिक्षकहरु सँग अन्तरक्रिया गर्ने भएको छ ।

गणित शिक्षा परिषद धादिङले ऐच्छिक गणित कक्षा १० को परिमार्जित नयाँ पाठ्यक्रम विशिष्टिकरण तालिका र SEE प्रश्न पत्रबारे समिक्षा तथा परीक्षा मुखी प्रश्न पत्र निमार्ण सम्बन्धी जेष्ठ ३२ गते शनिबार एक दिने अन्तरक्रिया तथा कार्यशाला गर्ने भएको हो ।

गत वर्ष जेष्ठ २५ गते यस्तै अन्तरक्रिया कार्यक्रम गरेको गणित शिक्षा परिषद धादिङले यस वर्ष जेष्ठ ३२ गते ऐच्छिक गणित कक्षा १० को परिवर्तित नयाँ पाठ्यक्रम अनुसार थपिएका नयाँ विषय वस्तुहरुमा केन्द्रित रहेर कार्यशाला गरिने जिल्ला सचिव उत्तम भट्टले जानकारी दिए ।

यस अघिको समाचार
गणित विषयको हाजिरीजवाफ प्रतियोगिता हुने
गणित शिक्षा परिषद धादिङले अन्तरक्रिया गर्ने
गणित हाजिरी जवाफमा धादिङ बोर्डिङ प्रथम
गणित शिक्षक परिषदको जिल्ला भेला सकियो