

धादिङ जेष्ठ २४ । धादिङबेसीमा जारी प्रथम नीलकण्ठ नगरपालिका मेयर कपको छात्रा भलिबलमा धादिङबेसी स्थित एड्भान्स एकेडेमी र खाल्टे स्थित पन्चकन्य मावि फाईलन प्रवेस गरेका छन् ।
एड्भान्सले प्रकाश माविलाई र पन्चकन्य माविले धादिङ बोर्डिङलाई पराजित गर्दै यी दुई टिम फाईनल पुगेका हुन् ।
तेस्रो र सान्तोना स्थानको लागी भएको आजको छात्रा तर्फको भलिबलमा धादिङ बोर्डिङलाई हराउँदै प्रकाश मावि तेस्रो बन्यो भने धादिङ बोर्डिङ सान्तोना बनेका छ ।
छात्र तर्फको भलिबल खेल शनिबार सेमीफाईनल सुरु हुने छ ।
यस्तै १ लाख ५ हजार पुरस्कार राशीको खुल्ला पुरुष फुटबलको आज भएको खेलमा साङ्कोस बीले बालमन्दिरलाई पेनाल्टीमा हराएको थियो भने, विद्यार्थी उपकार संघ धुँबाकोटले ६ गोलको अन्तरले पाल्पा सामरी लाई हरायो, आज भएको तेस्रो खेलमा म्हेन्दोफोले युवा क्लवकाउले प्रतिस्पर्धी टिम नीलकण्ठ नगाएपटि स्वत विजयी बन्न सफल भएको थिया भने जलकन्या युवा क्लव साँखुँलाई गजुरी युवा क्लवले हरायो शुक्रबारको अन्तिम खेल ज्वालामुखि युवा क्लवले जुरेथुमलाई हराएको न्यू किबो बोर्डिङका शिक्षक सुरेश अर्यालले बताए ।
नीलकण्ठ नगरपालिकाको आयोजना र धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा जारी यस प्रतियोगितामा फुटबल तर्फ विजेताले पुरस्कार १ लाख ५ हजार र उप विजेताले ५० हजार पुरस्कार पाउने छन् भने भलिबल तर्फ छात्रा र छात्र दुबै तर्फ प्रथम ४० हजार, द्वितिय ३० हजार, तृतिय २० हजार र सान्तोना १० हजार पुरस्कार पाउने छन् ।


