
धादिङ जेष्ठ १४ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिता अन्तरगत गोल्ड मेडलको आधारमा रानीपौवा मा.वि. सल्यानटार प्रथम भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका धादिङको आयोजना तथा रानीपौवा मा.वि. सल्यानटारको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा ९ स्वार्ण, ५ रजत र ६ कास्य गरी २० मेडल जित्दै रानीपौवा पालिका प्रथम भएको हो ।
यस्तै उक्त प्रतियोगितामा सल्यानटार माध्यामिक विद्यालय सल्यानटार र कार्किगाउँ माध्यामिक विद्यालय सल्यानकोट क्रमस दितिय र सान्तोना भएका थिए । जसमा सल्यानटार माध्यामिक विद्यालय १९ मेडल र कार्किगाउँ माध्यामिक विद्यालयले १२ मेडल जितेका थिए ।

तीन दिन सम्म चलेको उक्त प्रतियोगिता समापन गर्दै गाउँपालिका अध्यक्ष शम्भुकुमार थापाले शैक्षिक विधा मध्यको एक विधा खेलकुदलाई पालिका भित्रका सबै विद्यालयलाई पालन गर्न निर्देशन दिएका थिए ।
१३ वटा माध्यामिक विद्यालय रहेको यस पालिकाको यस प्रतियोगितामा निजी दुई विद्यालयले भने प्रतियोगितामा भाग लिएका थिएनन् ।
प्रतियोगिता संयोजक सशिधर पठकका अनुसार जिल्ला स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समाबेस गरिएको भलिबल प्रतियोगिता चाहि यस प्रतियोगितामा समाबेस भएन ।

